News Griha :: न्यूजगृह
शपथ ग्रहणमा एमाले नेतालाई कुर्ची नराखेको बारे मुख्यमन्त्री थापाले दिए स्पष्टीकरण

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सपथ ग्रहणमा प्रमुख प्रतिपक्षी दलको नेतालाई कुर्ची नराखेको विषयमा स्पष्ट पारेका छन् ।

मुख्यमन्त्री थापाले प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको नेतालाई सपथ ग्रहण कार्यक्रममा कुर्ची राख्ने प्रस्ताव राखेको बताए । तर, उनको दोस्रो पटक सपथ ग्रहणमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका लागि कुर्ची नराखेको भन्दै एमालेले विरोध गरेको थियो ।

‘म मुख्यमन्त्रीको सपथ लिन जाँदा मैले माथि नै कुर्ची राखौँ भनेकै हो, तर पहिले तपाई नै मुख्यमन्त्री अहिले पनि तपाई नै हुनुहुन्छ, पर्दैन भनेपछि मैले भन्ने केही भएन,’ उनले भने ।

यसै क्रममा उनले आफूले विश्वासको मत लिन हतार नगरेको बताउँदै परिस्थित बिग्रने भएकाले बाध्य भएको बताए । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १७:२०
Weather Update