News Griha :: न्यूजगृह
जसपामा एक व्यक्ति, एक पदको व्यवस्था गर्ने तयारी
जसपामा एक व्यक्ति, एक पदको व्यवस्था गर्ने तयारी उनका अनुसार जसपाले पार्टीको अधिकार पार्टी सदस्यमा निहीत रहने व्यवस्था गरेको छ । सोअनुसार पार्टीका प्रादेशीक संरचनले  पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफै गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नु पर्ने व्यवस्था गरिएको हो ।
करको दायरा नबढाउन सर्वसाधारणले गरे आग्रह
करको दायरा नबढाउन सर्वसाधारणले गरे आग्रह कार्यक्रमसँगै कर वृद्धिविरूद्धको हस्ताक्षर संकलन जारी राखिएको छ । इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष नवराज चापागाईंले वृद्धि भएको कर नघटाएसम्म आन्दोलनका  कार्यक्रम जारी रहने बताए ।
भारतसँग खेल्न श्रीलंका पुग्यो नेपाली टोली
भारतसँग खेल्न श्रीलंका पुग्यो नेपाली टोली बुधबार पहिलो खेल खेलेको नेपाली टोली आफ्नो दोस्रो खेलका लागि श्रीलंका पुगेको हो । पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाल फराकिलो रनले पराजित भएको थियो ।
नेपालको चुच्चो नक्सालाई चीनले मान्यता नदिएपछि बालेनले गरे भ्रमण रद्द
नेपालको चुच्चो नक्सालाई चीनले मान्यता नदिएपछि बालेनले गरे भ्रमण रद्द काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले नेपालले जारी गरेकाे चुच्चे नक्सालाई चीनले मान्यता नदिएको भन्दै आफ्नो आसन्न चीन भ्रमण रद्द गरेका छन् ।
सुन प्रकरण : पेमाको छोरा बनेर दावाले नागरिकता लिएको पुष्टि
सुन प्रकरण : पेमाको छोरा बनेर दावाले नागरिकता लिएको पुष्टि गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक सम्मानित
सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक सम्मानित चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गरेका थिए । सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ सम्भावना भएको बताए ।
सुनको मूल्य वृद्धि, कति पुग्यो नयाँ मूल्य ?
सुनको मूल्य वृद्धि, कति पुग्यो नयाँ मूल्य ? नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार २५० कायम भएको छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार ९५० थियो ।
आफन्तको सम्झनामा ‘गाईजात्रा’ मनाइँदै
आफन्तको सम्झनामा ‘गाईजात्रा’ मनाइँदै बिहीबार बिहानैदेखि काठमाडौंको बसन्तपुर क्षेत्रमा गाईजात्रा निकालिएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न दान गरिन्छ । 
भवनमा आगलागी हुँदा ३८ जनाको मृत्यु
भवनमा आगलागी हुँदा ३८ जनाको मृत्यु पाँच तले आवासीय भवनमा बिहीबार बिहान आगलागी भएको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । एजेन्सी
एसिया कप : श्रीलंका र बंगलादेश भिड्दै, कुन टोली कति बलियो ?
एसिया कप : श्रीलंका र बंगलादेश भिड्दै, कुन टोली कति बलियो ? साविक विजेता श्रीलंकाले बंगलादेशलाई आफ्नो होम ग्रउण्डमा हराएर एसिया कपको शुरुवात जीतका साथ गर्न चहन्छ । यी दुई टोलीले आफ्ना प्रतिद्वन्द्वीहरूसँग खेलेका पछिल्ला पाँच खेल हेर्ने हो भने बंगलादेशले तीनमा जितेको छ ।
जुटको उत्पादन बढेसँगै मूल्यमा भारी गिरावट
जुटको उत्पादन बढेसँगै मूल्यमा भारी गिरावट नेपालमा भारत र बंगलादेशबाट जुट आयत हुने गरेको छ । नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ । रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ ।
नबिल बैंकको एटिएम फोड्ने युवक पक्राउ
नबिल बैंकको एटिएम फोड्ने युवक पक्राउ प्रहरीको गस्ती टोलीले दाङको बबई गाउँपालिका–२ घर भएका २४ वर्षीय पूर्णबहादुर खासुलाई पक्राउ गरेको हो । 
Weather Update