लोकतन्त्रमा सबै धर्म र संस्कृतिले अवसर पाउँछन् : सभापति देउवा
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने बताएका छन् ।
जनैपूर्णिमा र गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गरी भावी पुस्ताले यी पर्वलाई जीवन्त राख्न दायित्व र जिम्मेवारी रहेको बताए ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको बताउँदै उनले सबै जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको उल्लेख गरे ।
उनले जनैपूर्णिमा र गाईजात्राका अवसरमा सम्पूर्णमा कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० १३:५४













