एसिया कप : श्रीलंका र बंगलादेश भिड्दै, कुन टोली कति बलियो ?

काठमाडौं— एसिया कपको दोस्रो खेल बिहीबार घरेलु टोली श्रीलंका र बंगलादेशबीच हुँदै छ । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार ३ः१५ बजे सुरु हुँदैछ ।
साविक विजेता श्रीलंकाले बंगलादेशलाई आफ्नो होम ग्रउण्डमा हराएर एसिया कपको शुरुवात जीतका साथ गर्न चहन्छ । यी दुई टोलीले आफ्ना प्रतिद्वन्द्वीहरूसँग खेलेका पछिल्ला पाँच खेल हेर्ने हो भने बंगलादेशले तीनमा जितेको छ ।
श्रीलंका भने राम्रो लयमा देखिएको छ । उसले आफ्ना पाँच वटा खेलमा सबै खेलमा जीत निकालेको छ । श्रीलंकाको टोली अहिले युवा टोली छ । यसले विश्व क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको छ ।
यी दुई टोलीले २०२१ भन्दायता खेल खेलेका छैनन् । पछिल्ला पाँच भेटमा बंगलादेशले दुई खेलमा जीत निकालेको छ । तीन खेलमा श्रीलंकाले जितेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० ११:३३