भवनमा आगलागी हुँदा ३८ जनाको मृत्यु

काठमाडौं— दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगलागी हुँदा ३८ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकाको आपत कालीन सेवाका एक अधिकारीका अनुसार हालसम्म ३८ जनाको शव फेला परेको तथा ४३ जना घाइते भएका छन् ।
पाँच तले आवासीय भवनमा बिहीबार बिहान आगलागी भएको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । एजेन्सी
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० ११:४२