नबिल बैंकको एटिएम फोड्ने युवक पक्राउ

काठमाडौं— भक्तपुरबाट बैंकको एटिएम तोडफोड गरी चोरी गर्ने क्रममा एक जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केकोपाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गर्ने युवक पक्राउ परेका हुन् ।
प्रहरीको गस्ती टोलीले दाङको बबई गाउँपालिका–२ घर भएका २४ वर्षीय पूर्णबहादुर खासुलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० ११:०४