News Griha :: न्यूजगृह
भारतसँग खेल्न श्रीलंका पुग्यो नेपाली टोली

काठमाडौं— जारी एसिया कप खेल खेल्नका लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । बिहीबार बिहान नेपाली टोली श्रीलंका पुगेको हो ।

बुधबार पहिलो खेल खेलेको नेपाली टोली आफ्नो दोस्रो खेलका लागि श्रीलंका पुगेको हो । पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाल फराकिलो रनले पराजित भएको थियो ।

नेपाली टोलीलाई श्रीलंका क्रिकेट बोर्डले स्वागत गरेको थियो । दोस्रो खेल नेपालले भदौ १८ गते भारतसँग खेल्ने छ ।

पाकिस्तानी टोली पनि आजै आफ्नो दोस्रो खेल खेल्नका लागि श्रीलंका पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १३:२१
Weather Update