News Griha :: न्यूजगृह
जहाज खरिद गर्ने अन्तिम चरणमा नेपाल एअरलाइन्स, तीन वटा ट्वीनअटर जहाज ल्याउँदै
जहाज खरिद गर्ने अन्तिम चरणमा नेपाल एअरलाइन्स, तीन वटा ट्वीनअटर जहाज ल्याउँदै प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार सिंहदरबारमा भएको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको जानकारी दिए । ‘दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा छौँ,’ उनले भने । निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा...
सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु, आफन्त आक्रोशित
सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु, आफन्त आक्रोशित सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । अवधि नपुग्दै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी कैलालीको जोशीपुर गाउँपालिका–४ लालपुर वाणीकी २५ वर्षीया राधा परियारको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए ।
कुशल भुर्तेल आउट 
कुशल भुर्तेल आउट  एसिया कप छनोट अन्तर्गत भारतसँग जारी खेलमा नेपाललाई पहिलो झड्का लागेको छ । पहिले ब्याटिङको निम्तो पाएको नेपालका ओपनर कुशल भुर्तेल २५ बलको सामना गर्दै २ छक्का र ३ चौकाको मद्दतमा ३८ रन बनाएर पेभिलियन फर्किएका हुन् । नेपालका भुर्तेलले अर्का ओपनर आशिफ शेखसँग मिलेर ६५ रनको साझेदारी गरेका हुन्...
एसिया कप : भारतविरूद्ध नेपालको राम्रो सुरुआत 
एसिया कप : भारतविरूद्ध नेपालको राम्रो सुरुआत  नेपालले भारतविरुद्ध राम्रो सुरुआत गरेको छ। श्रीलङ्काको पल्लेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८.५ ओ‌भरमा विकेट नगुमाइ ५३ रन जोडेको छ। नेपालका लागि कुशल भुर्तेलले २२ रन र आसिफ शेखले १६ रन जोडेका छन्। भुर्तेलले छैटौं ओभरमा भारतका मोहमद सिरिजलाई लगातार चौका र छक्का हिर्काएका थिए।...
नेप्सेमा एकल अङ्कको वृद्धि 
नेप्सेमा एकल अङ्कको वृद्धि  सोमबार शेयर बजार ७.०४ अङ्क (० दशमलव ३५ प्रतिशत)ले बढेको छ । सोमबार नेप्से परिसूचक १९६७.८३ बिन्दुमा उक्लेर बन्द भएको छ । सोमबार २७० धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता शेयर किनबेच भएको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको एक हजार रन पूरा
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको एक हजार रन पूरा  एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । यस्तो सफलता हात पार्ने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ५ रन जोड्दै उनको एक हजार रन पूरा भएको हो । उनी अहिले ६ रनमा खेल्दैछन् । भुर्तेलले ४७ खेल खेल्नेक्रममा एक शतक...
नेपाल र भारतबीचको खेल सुरु, ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख 
नेपाल र भारतबीचको खेल सुरु, ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख  एसिया कप प्रतियोगिताको महत्वपूर्ण खेलमा सोमबार नेपाल र भारतबीच श्रीलंकाको पल्लेकेल मैदान प्रतिस्पर्धा भइरहेको छ । टस हारेको नेपालले पहिला ब्याटिङ थालेको छ । कुशल भुर्तेल र आसिफ शेखले नेपाली इनिङ्सको सुरुवात गर्दैछन् । खेल सुरु भइसकेको छ । 
वीरबाट हामफालेका पुरुषको सनाखत भएन, खल्तीमा पाँचको नोट र सलाईको बट्टा मात्र
वीरबाट हामफालेका पुरुषको सनाखत भएन, खल्तीमा पाँचको नोट र सलाईको बट्टा मात्र अस्पतालका निर्देशक सन्तोष पौडेलले अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको बताए । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । घटना सोमबार बिहान अन्दाजी तीन बजेर १० मिनेटमा भएको हो । अस्पताल सुनसान भएको अवस्थामा ती पुरुष बाहिरबाट आएर सरासर भवनको छैटौँ तल्लामा उक्लिएका थिए । माथिबाट हामफाले पछि गार्डले...
कोशी प्रदेश सरकारविरुद्धको रिटको बहस मंगलबार सकिने
कोशी प्रदेश सरकारविरुद्धको रिटको बहस मंगलबार सकिने कोशी प्रदेश सरकारले पाएको विश्वासको मतको वैधतासम्बन्धी परेको रिटको बहस मंगलबार सक्ने सर्वोच्च अदालतले तयारी गरेको छ । सोमबारदेखि पूर्ण इजलासमा सुनुवाइ सुरु भएकोमा न्यायाधीशहरूले मङ्गलबारसम्म बहस सुन्ने र त्यसपछि आदेश गर्ने गरी समय विभाजन गरेका छन् ।
टस हारेको नेपालले भारतविरुद्ध ब्याटिङ गर्ने
टस हारेको नेपालले भारतविरुद्ध ब्याटिङ गर्ने एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने अवसर पाएको हो । श्रीलङ्काको पाल्लेकिल्ले स्टेडियममा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल खेलाइँदै छ । 
'यो देशमा क्रिकेट रङ्गशाला बन्दैन, मुख्यमन्त्रीलाई आलिसान महल'
'यो देशमा क्रिकेट रङ्गशाला बन्दैन, मुख्यमन्त्रीलाई आलिसान महल' राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपालको खेल इतिहास र खेल क्षेत्र कसैले जोगाएको छ र गरिमा कायम राखेको छ भने त्यो खेलाडी र खेलाडीको अभिभावकले जोगाएको बताएका छन् ।
शिक्षा सम्बन्धी विद्येयक दबाब आएपछि फेरेको भन्ने कुरा सत्य होइन : प्रधानमन्त्री दाहाल 
शिक्षा सम्बन्धी विद्येयक दबाब आएपछि फेरेको भन्ने कुरा सत्य होइन : प्रधानमन्त्री दाहाल  सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले ओरिजिनल विधेयक भन्दा फरक ढंगले आएकाले यसको पुनःअध्ययन र परिमार्जन गरेर लाने भनेको तर नफेरेको दाबी गरे । 
Weather Update