News Griha :: न्यूजगृह
शिक्षा सम्बन्धी विद्येयक दबाब आएपछि फेरेको भन्ने कुरा सत्य होइन : प्रधानमन्त्री दाहाल 

काठमाडौं—  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा सम्बन्धी विधेयक दबाब आएपछि पुनः फेरेको भन्ने कुरा सत्य नभएको बताएका छन् । 

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले ओरिजिनल विधेयक भन्दा फरक ढंगले आएकाले यसको पुनःअध्ययन र परिमार्जन गरेर लाने भनेको तर नफेरेको दाबी गरे । 

उनले भने, ‘शिक्षासम्बन्धी कुरामा बाहिरबाट दबाब आएपछि फेरि फेरेको भन्ने कुरा सत्य हैन । मन्त्रिपरिषद्मा शिक्षा सम्बन्धी विधेयक प्रस्तुत हुँदै गर्दा म आफैँले हेरेर यो ओरिजिनल विद्येयक भन्दा फरक ढंगले आयो यसको पुनः अध्ययन र परिमार्जन गरेर मात्र लानु पर्छ भनेको हो ।’ 

संघीय निजामती ऐन सरकारले यसलाई आवश्यक परिमार्जन गरि अगाडि बढाउन ढिला भएको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले भोलिको मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई पारित गरेर सदन समक्ष प्रस्तुत गर्ने सरकारको तयारी रहेको बताएका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:३३
Weather Update