News Griha :: न्यूजगृह
'यो देशमा क्रिकेट रङ्गशाला बन्दैन, मुख्यमन्त्रीलाई आलिसान महल'

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपालको खेल इतिहास र खेल क्षेत्र कसैले जोगाएको छ र गरिमा कायम राखेको छ भने त्यो खेलाडी र खेलाडीको अभिभावकले जोगाएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद ढकालले भैँसेपाटीमा मुख्यमन्त्रीको लागि आलिसान महल बन्छ तर खेलाडीको लागि यो देशमा रङ्गशाला नबन्नु दुःखद भएको बताए ।

उनले भने, ‘भारतमा ए क्याटागोरीको लागि ५ करोड, बी को लागि ३ करोड र सी को लागि १ करोड आईसी, बङ्गलादेशले ए प्लस खेलाडीहरूको लागि ५७ हजार डलर वार्षिक दिने गर्छ । बी को लागि ४३ हजार, सीको लागि २८ हजार र  हाम्रो खेलाडीहरूलाई ए क्याटागोरीको लागि ६० हजार, बी को लागि ४५ हजार र सी ३० हजार यो डाटा प्रस्तुत गरिरहँदा लाजलाई पनि लाज लाग्या होला । यति धेरै दशकसम्म खेल क्षेत्रको विकासका लागि भनेर गरिएका भाषण सुन्दै गरेका युवा पुस्ताले किन खिसी नगर्ने ?   

सांसद ढकालले अगाडि भने ‘यहाँ एउटा अन्तर्राष्ट्रिय रङ्गशालामा लाइट हाल्दैन सरकार, अन्तर्राष्ट्रिय रुपमा बेइज्जत कमाउँनु पर्छ । रङ्गशाला बनाइदैन कतै पनि तर भैँसीपार्टीतिरमुख्यमन्त्रीहरु काठमाडौं आउँदा सुत्न आलिसान महल बनाइन्छ ।  कस्तो खालको लोकतन्त्र हो । मैले खेलाडीहरूले एक छाक खाएर पैसा जोगाएर ब्याट किनेको देखेको छु तर सरोकारवालाहरूले देख्दैनन् । खेलाडीहरूको खातामा दिने भनेको पैसा यो हप्ताभित्र दिन अविलम्ब माग गर्दछु यो सरकारसँग, कसले नपठाएको यो सदनमा जानकारी गराइयोस् । ’  

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:४८
Weather Update