News Griha :: न्यूजगृह
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट सम्बोधन हुनेछन् : प्रधानमन्त्री
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट सम्बोधन हुनेछन् : प्रधानमन्त्री प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्नलाई संसदीय समितिबाट समाधान हुने विश्वास लिएको बताएका छन्  ।सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले नयाँ संसद् प्रारम्भ भएपछि केही सुधारसहित विधेयक दर्ता भई अहिले संसदीय समितिमा विचाराधीन रहेको उल्लेख गर्दै सरोकारवालाहरूले उठाएका केही समस्याहरूलाई समितिले समाधान गर्ने...
अवरुद्ध ताप्लेजुङ–काठमाडौं उडान सुचारु
अवरुद्ध ताप्लेजुङ–काठमाडौं उडान सुचारु खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौं–सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एअरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा समूह ए बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन । उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी...
भ्यानको ठक्करबाट बसुन्धरामा एकको मृत्यु, चालकले गरेका थिए मापसे
भ्यानको ठक्करबाट बसुन्धरामा एकको मृत्यु, चालकले गरेका थिए मापसे दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धरामा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए  । मोटरसाइकल पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।
स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु 
स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु  मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी छन् । मनोज र भावना दाजु बहिनी हुन् । आइतबार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्रिकेट हेर्न जनकपुरका विद्यालय बन्द
क्रिकेट हेर्न जनकपुरका विद्यालय बन्द उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचना अनुसार सोमबार  २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिइएको छ । सोमबार एसिया कपमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
विश्व क्रिकेटको 'पावर हाउस' भारतलाई पराजित गर्न सहज छैन नेपाललाई
विश्व क्रिकेटको 'पावर हाउस' भारतलाई पराजित गर्न सहज छैन नेपाललाई श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे हुनेछ । नेपाली टोलीका कप्तान रोहित पौडेल र भारतीय टोलीका कप्तान रोहित शर्माबीच दिउँसो २ः४५ बजे टस हुनेछ । जुन नेपाल र नेपालीको लागि महत्वपूर्ण ऐतिहासिक क्षण बन्नेछ । नेपाल र...
जनैपूर्णिमा पर्वमा गोसाइँकुण्डमा तीन लाख भेटी सङ्कलन
जनैपूर्णिमा पर्वमा गोसाइँकुण्डमा तीन लाख भेटी सङ्कलन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा  श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । उनले भेटी रकम गणना सम्पन्न भएको र  रकम बैंक खातामा जम्मा गर्न पठाएको बताए।
साफ यू–१६ च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै
साफ यू–१६ च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिपमा नेपालले सोमबार बंगलादेशसँग खेल्दैछ ।
कतारले दियो नेपाललाई ७५ रनको लक्ष्य, नेपालकी इन्दुले लिइन् ३ विकेट
कतारले दियो नेपाललाई ७५ रनको लक्ष्य, नेपालकी इन्दुले लिइन् ३ विकेट आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोटमा कतारले नेपाललाई जितका लागि ७५ रनको लक्ष्य दिएको छ ।
Weather Update