नेपाल र भारतबीचको खेल
क्रिकेट हेर्न जनकपुरका विद्यालय बन्द

काठमाडौं— नेपाल र भारतबीच हुने ऐतिहासिक क्रिकेट खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले सोमबार विद्यालयमा बिदाको घोषणा गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचना अनुसार सोमबार २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिइएको छ । सोमबार एसिया कपमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १०:०६













