News Griha :: न्यूजगृह
साफ यू–१६ च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं— भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिपमा नेपालले सोमबार बंगलादेशसँग खेल्दैछ ।

समूह ‘ए’ मा रहेको नेपाल र बंगलादेशबीचको खेल थिम्पुस्थित चाङलिमियाथाङ स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ ।

नेपालको यो पहिलो खेल हो भने बंगलादेशको दोस्रो खेल हुनेछ । समूह ‘ए’ को पहिलो खेलमा बंगलादेश भारतसँग १–० ले पराजित भएको थियो ।

समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने भएकोले नेपालले खेल जिते पनि सेमिफाइनल पुग्नेछ । बंगलादेशका लागि भने सेमिफाइनल सम्भावना कायम राख्न नेपाललाई जित्नुपर्नेछ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०९:१२
Weather Update