कतारले दियो नेपाललाई ७५ रनको लक्ष्य, नेपालकी इन्दुले लिइन् ३ विकेट

काठमाडौं— आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोटमा कतारले नेपाललाई जितका लागि ७५ रनको लक्ष्य दिएको छ ।
मलेसियाको युकेएम वाईएसडी क्रिकेट ओभलमा नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो ।
नेपालकी इन्दुले ३ विकेट लिइन् । पुजा महतो र कविता जोशीले समान एक/एक विकेट लिए ।
लगातार ३ खेल जितिसकेको नेपालले यो खेल जितेमा यूएईसँग समूहको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० ०८:५७