News Griha :: न्यूजगृह
स्कुलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु 

रुकुम पश्चिम—  रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी छन् । मनोज र भावना दाजु बहिनी हुन् । आइतबार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनोजको  एक सय ५० मिटर र भावनाको शव आठ सय मिटर तल फेला परेको थियो । प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजुबहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तीकाँडामा कक्षा ३ र कक्षा १ मा पढ्थेँ । आइतबार रुकुम पश्चिममा दिउँसो हावाहुरीसँगै वर्षा भएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १०:११
Weather Update