News Griha :: न्यूजगृह
शिक्षक दरबन्दीको विवरण पठाउन मानव स्रोत विकास केन्द्रको निर्देशन

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त हुने शिक्षक दरबन्दीको विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।

शिक्षक प्रशासन समन्वय शाखाले आइतबार यही भदौ ३१ गतेभित्र सोको विवरण पठाउन निर्देशन दिएको हो ।

निर्देशन पत्रमा भनिएको छ,‘२०८० वैशाख १ गतेदेखि २०८० चैत मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दीको विवरण अनिवार्य रूपमा तपसिल बमोजिमको तोकिएकै ढाँचामा तयार गरी २०८०/५/३१ गतेभित्र सोको हार्ड र सफ्ट कपी विवरण पठाउनु हुन निर्देशानुसार अनुरोध छ ।’ 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०९:४५
Weather Update