News Griha :: न्यूजगृह
वीरबाट हामफालेका पुरुषको सनाखत भएन, खल्तीमा पाँचको नोट र सलाईको बट्टा मात्र

काठमाडौं—  वीर अस्पतालको घोटौँ तल्ला माथिबाट हामफालेर सोमबार बिहान आत्महत्या गरेका पुरुषको सनाखत भएको छैन । 

अस्पतालका निर्देशक सन्तोष पौडेलले अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको बताए । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । घटना सोमबार बिहान अन्दाजी २–३ बजेतिरको हो । अस्पताल सुनसान भएको अवस्थामा ती पुरुष बाहिरबाट आएर सरासर भवनको छैटौँ तल्लामा उक्लिएका थिए । माथिबाट हामफाले पछि गार्डले थाहा पाएका हुन् । उनको टाउको फुटेको छ । 

अस्पताल स्रोतका अनुसार हुलिया हेर्दा मृतक अति विपन्न व्यक्ति जस्तो देखिन्छन् । उनको उमेर अनुमानित ३५-४० वर्ष छ ।  उनले फाटेको लुगा लगाएका थिए । उनको साथमा मोबाइल, परिचयपत्र केही पनि भेटिएको छैन । केवल पाँच रुपैयाँको नोट र एउटा सलाईको बट्टा भेटिएको छ । उनी मानसिक अवस्था ठीक नभएको र आत्महत्याकै उद्देश्यले बाहिरबाट आएको अनुमान छ । अस्पतालमा उनको कोही पनि बिरामी रहेको पाइएको छैन । उनी अस्पतालभित्र लुकिलुकी छिरेको दृश्य सीसीटीभी फुटेजमा कैद भएको छ ।  

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:१३
Weather Update