News Griha :: न्यूजगृह
वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेर एक पुरुषले गरे आत्महत्या 

काठमाडौं— वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेर एक पुरुषले सोमबार आत्महत्या गरेका छन् ।

अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका अन्दाजी ४० वर्षका पुरुषको मृत्यु भएको हो ।  ती पुरुष बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । घटना सोमबार बिहान करिब २–३ बजेतिरको हो ।

अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । 

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:२५
Weather Update