सफलता
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको एक हजार रन पूरा

काठमाडौं— एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् ।
यस्तो सफलता हात पार्ने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ५ रन जोड्दै उनको एक हजार रन पूरा भएको हो । उनी अहिले ६ रनमा खेल्दैछन् । भुर्तेलले ४७ खेल खेल्नेक्रममा एक शतक र ६ अर्धशतक बनाएका छन् ।
यसअघि रोहित पौडेल र असिफ शेखले मात्र एक हजार रन पूरा गरेका थिए।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १५:३४