News Griha :: न्यूजगृह
नेपाल र भारतबीचको खेल सुरु, ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख 

काठमाडौं— एसिया कप प्रतियोगिताको महत्वपूर्ण खेलमा सोमबार नेपाल र भारतबीच श्रीलंकाको पल्लेकेल मैदान प्रतिस्पर्धा भइरहेको छ ।

टस हारेको नेपालले पहिला ब्याटिङ थालेको छ । कुशल भुर्तेल र आसिफ शेखले नेपाली इनिङ्सको सुरुवात गर्दैछन् । खेल सुरु भइसकेको छ । 

नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन भएको छ । पाकिस्तानविरुद्ध खेलेको आरिफ शेखको स्थानमा आज भीम सार्कीलाई अवसर दिइएको हो ।


 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:२४
Weather Update