शेयर
नेप्सेमा एकल अङ्कको वृद्धि
काठमाडौं— लगातार घट्दै आएको शेयर बजार परिसूचक नेप्सेमा सोमबार एकल अङ्कको वृद्धि भएको छ ।
सोमबार शेयर बजार ७.०४ अङ्क (० दशमलव ३५ प्रतिशत)ले बढेको छ । सोमबार नेप्से परिसूचक १९६७.८३ बिन्दुमा उक्लेर बन्द भएको छ । सोमबार २७० धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता शेयर किनबेच भएको छ ।
त्यसबाट एक अर्ब ९ करोड ३९ हजार ६९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १५:४०