सर्यो एमालेको मधेस प्रदेश अधिवेशन मंगलबार, भदौ १९, २०८०

पुटिनलाई भेट्न किम जोङ उन रूस जाने मंगलबार, भदौ १९, २०८० बीबीसीका अनुसार उन सेप्टेम्बर महिनाभित्र रूस जाने तयारीमा छन् । समाचार अनुसार उन राजधानी प्योङयाङबाट रेल चढेर प्रशान्त महासागरको किनारमा रहेको रूसी सहर भ्लादिभोस्तोक जाने तयारी छ। युक्रेनसँगको युद्ध लडिरहेका पुटिनलाई भेटेर उनले हतियार उपलब्ध गराउने विषयमा कुरा गर्ने बीबीसीले उल्लेख गरेको छ। त्यसको बदलामा रूसबाट खाद्यान्न ल्याउने डिल हुनसक्ने...

दुर्गा प्रसाईँ भन्छन्— केपी शर्मा ओली मारवाडीका पार्टनर हुन् मंगलबार, भदौ १९, २०८० मंगलबार हङकङ जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग उनले मारवाडी विरुद्ध आफूले अभिव्यक्ति दिएपछि ओलीले आफूलाई पागल भनेको भन्दै उनी पनि मारवाडीको पार्टनर भएको आरोप लगाएका हुन् ।

बालेन भन्छन्– सरकारले जग्गा दिए क्रिकेट रङ्गशाला बनाउन महानगरपालिका तयार मंगलबार, भदौ १९, २०८० नेपाल र भारतबीच श्रीलङ्कामा भएको म्याच प्रत्यक्ष हेरेका बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रङ्गशाला निर्माणमा महानगरले पहल गर्ने पनि बताएका छन् । नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलंका पुगेको उल्लेख गर्दै उनले अनुमानित...

डेढ केजी चरेससहित कैलालीबाट ४ जना पक्राउ मंगलबार, भदौ १९, २०८० कैलालीबाट करिब डेढ केजी लागूऔषध चरेससहित चार जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुखडको संयुक्त टोलीले घोडाघोडी नगरपालिका—५ को देउकलियाबाट चार जनालाई पक्राउ गरेको हो ।

कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा मंगलबार, भदौ १९, २०८० नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले मुख्य सचेतकबाट राजीनामा दिएका छन् ।उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको बताएका हुन् । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको बताएका छन् ।
सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण मंगलबार, भदौ १९, २०८० अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो । यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए। ‘धादिङ जिल्लामा पृथ्वी राजमार्गले लामो क्षेत्र ओगटेको छ । दिनहुँजसो दुर्घटना भइरहन्छन् । चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण...

भरतपुरका महिलालाई कौसीखेती तालिम मंगलबार, भदौ १९, २०८० भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौसीखेती तालिम सुरुआत गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा यूएसएआईडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौसीखेती तालिम सुरु गरिएको हो ।

बाढी प्रभावितलाई राहत वितरण गर्न गृहमन्त्री कागबेनी जाँदै मंगलबार, भदौ १९, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुस्ताङ जाने भएका छन् ।

बेनीमा सडक अतिक्रमित संरचना हटाइयो मंगलबार, भदौ १९, २०८० म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ ।

तोकिएको समयमा निर्माण पूरा नगर्ने १३ कम्पनी कालोसूचीमा मंगलबार, भदौ १९, २०८० सरकारले तोकिएको समयमा निर्माण पूरा नगर्ने १३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

धानबालीमा रोग फैलिन थालेपछि झापाका किसान चिन्तित मंगलबार, भदौ १९, २०८० झापाको अर्जुनधारा नगरपालिकाका ३ वटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखा परेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् ।

पाथीभरा मन्दिरमा ३ करोड बढी भेटी संकलन मंगलबार, भदौ १९, २०८० प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा ३ करोडभन्दा बढी भेटी संकलन भएको छ ।आर्थिक वर्ष २०७९/८० मा ३ करोड १९ लाख १६ हजार ८ सय भेटी संकलन भएको हो ।









