बाढी प्रभावितलाई राहत वितरण गर्न गृहमन्त्री कागबेनी जाँदै

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार मुस्ताङ जाने भएका छन् ।
मुस्ताङकाे कागबेनीमा बाढीले पुर्याएको क्षतिपछि राहत वितरणको लागि गृहमन्त्री श्रेष्ठ त्यसतर्फ जाने भएका हुन् ।
गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो ।
बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० ०८:४६