News Griha :: न्यूजगृह
बेनीमा सडक अतिक्रमित संरचना हटाइयो

म्याग्दी— म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ ।

सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना हटाएको हो ।

बेनी नगरप्रमुख सुरत केसीले अस्पताल चोकमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका दुई पसलको संरचना सोमबार भत्काइएको जानकारी दिए ।

‘व्यवसायीले अटेर गरेपछि नगरपालिका आफैंले अस्पताल चोकको सार्वजनिक जग्गामा बनेका दुई पसलको संरचना हटाएको छ’,उनले भने,‘अतिक्रमण हटाएको ठाउँमा सवारीसाधन पार्किङस्थल बनाउँछौँ ।’

सवारीसाधनको चाप बढेको र सार्वजनिक जग्गामा रहेका अव्यवस्थित संरचनाका कारण आवतजावतमा समस्या, दुर्घटनाको जोखिम र बजार व्यवस्थापनमा समस्या भएपछि अतिक्रमण हटाउने कामलाई तीव्रता दिएको नगरप्रमुख केसीले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०८:३६
Weather Update