कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

काठमाडौं— नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले मुख्य सचेतकबाट राजीनामा दिएका छन् ।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको बताएका हुन् । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको बताएका छन् ।
‘नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकको भूमिकाबाट राजीनामा दिएको छु। गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो,’ उनले स्टाटसमा लेखेका छन्, ‘प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु।’
उनले केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहने बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० ०९:३५