तोकिएको समयमा निर्माण पूरा नगर्ने १३ कम्पनी कालोसूचीमा

काठमाडौं— सरकारले तोकिएको समयमा निर्माण पूरा नगर्ने १३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखेको हो ।
कार्यालयको भदौ १८ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ ।
हेर्नुस् सूची 
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० ०८:१६













