
काठमाडौं— विवादीत व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मारवाडीको पार्टनर भएको आरोप लगाएका छन् ।
मंगलबार हङकङ जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग उनले मारवाडी विरुद्ध आफूले अभिव्यक्ति दिएपछि ओलीले आफूलाई पागल भनेको भन्दै उनी पनि मारवाडीको पार्टनर भएको आरोप लगाएका हुन् ।
‘केपी ओली हजुरबुवा मारवाडीका पार्टनर हुन् । नेताहरू सबै मारवाडीका पार्टनर हुन् । केही मारवाडीहरू आईजीपीकोमा पनि गएका थिए रे दुर्गा प्रसाईँलाई थुन्न पर्यो भनेर म हङकङबाट फर्केर आएपछि मैले जानेको छु,’ उनले भने ।
उनले प्रत्येकको घरघरमा जाने चेतावनी दिदैँ मारवाडीसँग मिलेर नेताले देश सकेको आरोप लगाए । ‘ललिता निवास खाने यिनै मारवाडी , देशको अर्थतन्त्र सकाउने यिनै मारवाडी, सुनको, केटीको, सुपारी र रक्तचन्दनको तस्करी गर्ने सबै यिनै मारवाडी हुन् । कालले छोड्ला तर मैले छोड्नेवाला छैन्,’ उनले भने ।













