News Griha :: न्यूजगृह
सर्‍यो एमालेको मधेस प्रदेश अधिवेशन

काठमाडौं—  नेकपा एमालेको मधेस प्रदेशको अधिवेशन सरेको छ ।

आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो । नेकपा एमालेको २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो ।

मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको छ । लुम्बिनी प्रदेशमा भने मंगलबार मतदान भइरहेको छ । चार दिनअघि प्रदेश अधिवेशन सुरू भए पनि निर्वाचनमार्फत् नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ११:३४
Weather Update