एमाले लुम्बिनीको मतदान सकियो, केहीबेरमा मतगणना मंगलबार, भदौ १९, २०८०
लोडसेडिङका कारण पठनपाठनमा समस्या मंगलबार, भदौ १९, २०८० विद्युत जडान भएपनि बिहानको समयमा लोडसेडिङ हुने हुँदा कक्षामा पढाई सञ्चालन गर्न मोबाइलको टर्च बाल्नु पर्ने अवस्था आइपरेको आंशिक प्राध्यापक शिवराज शर्माले बताए । हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङ गर्दा बिहानी कक्षामा पढाउन समस्या भएको उनको भनाइ छ । बिहान ६ बजेदेखि पठनपाठन गर्नुपर्ने र त्यसबेला अँध्यारै हुने भएकाले मोबाइलको...

६० किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेशसँग सीआईबीले लियो बयान मंगलबार, भदौ १९, २०८० ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको बयान लिएको छ । महाराजगञ्जस्थित ब्युरो कार्यालयमा पुगेर सोमबार दिउँसो दिपेशले तीन घण्टा बढी बयान दिएको प्रहरी उच्च स्रोतले बतायो । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनको दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि उनकोे बयान...

सुनका गहना चोरी गर्ने युवती पक्राउ, चोरीको सुन धितो राखेर बैंकबाट ऋण मंगलबार, भदौ १९, २०८० सुनका गहना चोरी गरेको आरोपमा लमजुङ प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बेँसीसहर नगरपालिका— ७ की २७ वर्षीय सुजा घिमिरे छिन् । प्रहरीले सोमबार जिल्ला अदालत लमजुङबाट पाँच दिनको म्याद लिई घिमिरेमाथि अनुसन्धान गरिरहेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार उनीमाथि चोरी गरेको दुई...

कर्मचारी देशको स्थायी सरकार हो : डा. कोइराला मंगलबार, भदौ १९, २०८० नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कर्मचारी भनेको देशको स्थायी सरकार हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताए । कोइरालाले भने, ‘कर्मचारीको मनोबल खस्किएको सुनिन्छ, किन भन्दा १० वर्ष भइसक्यो निजामती सेवा ऐन अझै हामीले ल्याउन सकेको छैनौँ । कर्मचारी भन्ने बित्तिकै सरकार हो भन्ने...

समयमै उपचार नपाएपछि कान्ति बाल अस्पतालमा ६ वर्षीय बालकको मृत्यु मंगलबार, भदौ १९, २०८० मकवानपुरको थाहा नगरपालिका– १० बाट अस्पताल आएका मृतका परिवारले मङ्गलबार कान्ति बाल अस्पतालमा विरोध गरेका हुन् । अस्पतालमा ५ बजे बेलुका इमर्जेन्सीमा लगिएको बालकलाई २ घन्टा बाहिर राख्दा मृत्यु भएको पीडित परिवारको भनाइ छ । बालकका हजुरबुवा कृष्ण गोपालीले ज्वरो र वान्ता भएका बालकलाई अस्पतालले बेवास्ता गरेकै कारण मृत्यु भएको...

दुःखसँग लड्दै ९९ वर्षे खड्का दम्पती मंगलबार, भदौ १९, २०८० उमेरले एक सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी— २ बगरफाँटका खड्गबहादुर थापासँग के छैन? स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ । त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ । राणाशासनदेखि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म...

बरमझियाको पेडाः नाम होस् तर बदनाम नहोस् मंगलबार, भदौ १९, २०८० समय क्रममा स्थानीयमा पेडाप्रतिको रुचि बढ्दै गयो । राजमार्गमा आवतजावत बाक्लिएपछि बरमझियाको पेडाको महिमा पूर्वपश्चिम यात्रा गर्नेहरू सँगै देशभर पुग्यो । पसल थपिए, बजार बढ्दै गयो । बैजनाथ बाजे र बरमझियाको पेडा एक चर्चित ‘ब्रान्ड’ बन्यो ।

घट्यो सुन र चाँदीको मूल्य मंगलबार, भदौ १९, २०८० सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ भने, छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू मंगलबार, भदौ १९, २०८० अब त्रिविमा सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि माथिल्लो निकायमा पेस गरिने कागजात स्वचालित प्रणालीमार्फत सम्पादन हुनेछन् । त्रिवि केन्द्रीय कार्यालयमा सो प्रणाली गत साउन १ गतेदेखि नै लागू भएको थियो । हालसम्म पाँच सय २९ युजर आइडी कार्यान्वयनमा छन् ।

मुस्ताङ पुगेर गृहमन्त्रीले भने— कागबेनी बस्ती व्यवस्थित र उन्नत ढंगले पुननिर्माण गर्छौ मंगलबार, भदौ १९, २०८० मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा स्थलगत निरीक्षण गर्न पुगेका गृहमन्त्री श्रेष्ठले कागबेनीमा बाढीले क्षति पुर्याएका भवन, सडक, पुललगायतका भौतिक संरचनाको महत्व र तत्कालको आवश्यकताको आधारमा तीनै तहका सरकार सँग समन्वय गरी मुख्य योजना बनाएरै पुननिर्माणमा लाग्ने बताए ।

क्यानडा जाने लोभमा ३४ लाख डुब्यो मंगलबार, भदौ १९, २०८० वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरू ठगीमा परेका छन् । ३४ लाख ठगिएपछि मात्रै उनीहरु आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

एकीकृत समाजवादी पार्टीका उपमहासचिव खतिवडालाई मातृशोक मंगलबार, भदौ १९, २०८० उनकी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको सो पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । मालतीका एक छोरा र तीन छोरी छन् ।









