एमाले लुम्बिनीको मतदान सकियो, केहीबेरमा मतगणना

काठमाडौं— नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सकिएको छ।
१ हजार ४ जना मतदाता रहेकामा ९ सय ६५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ। बिहान ८ बजे सुरु भएको मतदान अवधि दिउँसो १ बजेसम्मका लागि तोकिएको थियो। तर १ बजेभित्र हलभित्र छिरेका प्रतिनिधिले मतदान गर्न २ बजेसम्म लागेको निर्वाचन समितिले जानकारी दिएको छ।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार अब केहीबेरमा मतगणना सुरु हुनेछ भने मंगलबार रातिसम्म गणना सकेर परिणाम सार्वजनिक गर्ने तयारी छ। प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष रहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालबीच प्रतिष्पर्धा छ।
सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् । पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा १३ जनाबीच प्रतिस्पर्धा छ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० १५:३५













