डेढ केजी चरेससहित कैलालीबाट ४ जना पक्राउ

काठमाडौं— कैलालीबाट करिब डेढ केजी लागूऔषध चरेससहित चार जना पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुखडको संयुक्त टोलीले घोडाघोडी नगरपालिका—५ को देउकलियाबाट चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका—१० का ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका—१ का २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र छन् ।
उनीहरूको साथबाट एक केजी तीन सय ग्राम चरेस फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० ०९:४४