News Griha :: न्यूजगृह
तनावमा प्रचण्ड, अमेरिका भ्रमणअघि नै टीआरसी विधेयक टुंग्याउन दौडधुप 
तनावमा प्रचण्ड, अमेरिका भ्रमणअघि नै टीआरसी विधेयक टुंग्याउन दौडधुप  भदौ अन्तिममा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड अमेरिका जान लागेका छन् । नेपालको सङ्क्रमणकालीन न्याय निरुपणमा भइरहेको बिलम्ब लाई लिएर अन्तर्राष्ट्रिय जगतको गम्भीर चासो छ । पछिल्लो हप्ता मात्रै पनि अमेरिकी सिनेटरले यसबारे प्रधानमन्त्रीसहित प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग चासो राखेका थिए । 
अझै सम्पर्कमा आएनन् नेपाली सेनाका गुल्मपति, १२ दिनदेखि अवस्था अज्ञात
अझै सम्पर्कमा आएनन् नेपाली सेनाका गुल्मपति, १२ दिनदेखि अवस्था अज्ञात पण्डित भदौ १० गतेदेखि सम्पर्कविहीन छन् । उनको मोबाइलको अन्तिम लोकेसन ब्यारेकबाट एक घण्टाको पैदल दूरीमा रहेको त्रिपुराकोट देखाएको थियो। पण्डितको खोजीको लागि नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । तर २ हप्ता हुनै लाग्दासमेत उनी फेला परेका छैनन् ।
दुर्गममा सर्पदंशको उपचार पाउनै समस्या
दुर्गममा सर्पदंशको उपचार पाउनै समस्या भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या हुने गरेको हो । सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् ।  कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ...
निजामती प्रशासन साध्य होइन, साधन हो : मुख्यसचिव अर्याल [कुराकानी]
निजामती प्रशासन साध्य होइन, साधन हो : मुख्यसचिव अर्याल [कुराकानी] स्थायी सरकारको रूपमा रहेको कर्मचारी प्रशासनलाई चुस्त, पारदर्शी र जवाफदेही बनाउन सकिएमा मात्रै सरकारले लिएका लक्ष्यहरू पूरा गर्न सकिने र जनताले पनि सरकारको अनुभूति गर्न सक्ने हुँदा यसलाई अब्बल, सक्षम र सबल बनाउनुपर्ने आवश्यकतामा मुख्यसचिव बैकुण्ठ अर्याल जोड दिन्छन् । देशमा निजामती ऐन आएको ६७ वर्ष हुन लागेकामा झण्डै त्यसको...
सुन तस्करी प्रकरणमा थप एक पक्राउ
सुन तस्करी प्रकरणमा थप एक पक्राउ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका शिव कुमार सफर छन् । उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।
थाइल्यान्डले दियो नेपाललाई १०६ रनको लक्ष्य
थाइल्यान्डले दियो नेपाललाई १०६ रनको लक्ष्य आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत मलेसियाको बांगीमा जारी खेलमा थाइल्यान्डले नेपाललाई १०६ रनको लक्ष्य दिएको छ ।
दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको विजयी सुरुआत, मेस्सीले गोल गरे
दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको विजयी सुरुआत, मेस्सीले गोल गरे फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुआत गरेको छ ।
‘निजामती सेवा विधेयक छिट्टै संसदमा दर्ता हुन्छ’
‘निजामती सेवा विधेयक छिट्टै संसदमा दर्ता हुन्छ’ प्रधानमन्त्री दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ,‘संघीय निजामती सेवा ऐन यथाशक्य जारो होस् भन्ने सबैको भावना छ । यसै भावना र मर्मलाई आत्मसात गर्दै सरकारले संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी केही दिनभित्र संसद्‌मा दर्ता गर्ने तयारी गरिरहेको छ ।’
चेपाङ समुदायले किन मनाउँछन् छोनाम अर्थात् न्वागी पर्व ? 
चेपाङ समुदायले किन मनाउँछन् छोनाम अर्थात् न्वागी पर्व ?  चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । 
क्रिकेट : ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यसहित थाईल्यान्डसॅंग भिड्दै नेपाल
क्रिकेट : ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यसहित थाईल्यान्डसॅंग भिड्दै नेपाल आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले आज थाईल्यान्डसॅंग खेल्दैछ ।
महाराजगञ्जस्थित टिचिङ अस्पतालले माग्यो ५० स्टाफ नर्स
महाराजगञ्जस्थित टिचिङ अस्पतालले माग्यो ५० स्टाफ नर्स त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले ५० जना स्टाफ नर्स माग गरेको छ ।
काठमाडौं महानगरमा आज शोक बिदा
काठमाडौं महानगरमा आज शोक बिदा काठमाडौं महानगरपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ ।
Weather Update