कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदीविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता शुक्रबार, भदौ २२, २०८०

एमाले भक्तपुरका १५ सय सङ्गठित सदस्यले लिए शपथ शुक्रबार, भदौ २२, २०८० नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका सङ्गठित सदस्यले सपथ ग्रहण गरेका छन् । शुक्रबार भक्तपुरमा पार्टीले आयोजना गरेका सपथ ग्रहण कार्यक्रममा करिब एक हजार पाँच सय सङ्गठित सदस्यले सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले एमाले सरकारबाट बाहिर भएको कारण राष्ट्रिय गौरवका...

ताप्लेजुङमा प्रदेश सांसदमाथि प्रहरीबाटै दुर्व्यवहार, विरोधमा कांग्रेस कार्यकर्ताको प्रदर्शन शुक्रबार, भदौ २२, २०८० शुक्रबार बेलुकी डेरामै आएर प्रहरीले आफूलाई दुर्व्यवहार गरेको प्रदेश सभा सदस्य हाङगामले बताए । प्रहरी निरीक्षक सुजन मुदेल नेतृत्वमा आएको प्रहरी टोलीले लाठी प्रहारसहित ढुंगामुढा गरेको, २ जना हवल्दारले ज्यान लिने धम्की दिएको र बर्दीबिना आएका असई सागर रोका क्षेत्रीले पोस्तोल लोड गरी ताकेकोसमेत उनको आरोप छ ।
तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य शुक्रबार, भदौ २२, २०८० नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर १ लाख १२ हजार ३०० र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम छ ।

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, ४ जना पक्राउ शुक्रबार, भदौ २२, २०८० बिहान २ बजे वालिङ नगरपालिका–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाले बताए ।

ओलीलाई भेट्न बालकोट पुगिन् भट्टराई पुत्री मानुषी शुक्रबार, भदौ २२, २०८० नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालकोट पुगेकी छन्।

कामदार बोकेको ट्याक्टर दुर्घटना, ६ जना घाइते शुक्रबार, भदौ २२, २०८० सदरमुकाम मुसीकोट खलङ्गाबाट चौरजहारी तर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । घाइते सबै चौरजहारी नगरपालिका १ मा रहेको सीटीईभीटीको भवन निर्माणमा काम गर्ने कामदारहरू हुन् ।

नतिजामुखी काममा लाग्न कर्मचारीलाई सामान्य प्रशासनमन्त्रीको निर्देशन शुक्रबार, भदौ २२, २०८० सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिएकी छन् ।२० औँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास, समृद्धि, सुशासन सहित व्यावसायिक र सिर्जनशीलतातर्फ निजामती कर्मचारी लाग्नुपर्नेमा जोड दिए ।

सुगाको बथानले मकैबाली सखाप शुक्रबार, भदौ २२, २०८० बथानका बथान सुगा बिहान, साँझको समयमा आएर मकैबालीमा पसेर नोक्सानी गर्न थालेको मध्यवर्ती क्षेत्रको शुक्लाफाँटा नगरपालिका– २ का गङ्गा बोहराले बताए । 'दश कठ्ठा जग्गामा बर्खे मकैबाली लगाएको थिएँ,' उनले भने, 'मकैमा घोगा लाग्न सुरु भएपछि सुगा खेतमा छिर्न थालेका हुन्, पाक्न नपाउँदै पूरै बाली सखाप पारेका छन् ।' सूर्योदय...

अरुण थर्डको काम प्रभावित, विद्युत गृहस्थल र प्रवेशमार्ग एकसातादेखि बन्द शुक्रबार, भदौ २२, २०८० मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको...

नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित शुक्रबार, भदौ २२, २०८० मलेसियामा जारी आईसीसी महिला टी२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । हारपछि नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य समेत पूरा हुन सकेन ।

निजामती विधेयकमा ट्रेड युनियन अधिकार यथावत : प्रधानमन्त्री शुक्रबार, भदौ २२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको बताएका छन् । शुक्रबार निजामती सेवा दिवस, २०८० को अवसरमा उनले विधेयकमा अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरिएको बताएका हुन् ।

सरकारले दियो ४० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार शुक्रबार, भदौ २२, २०८० शुक्रबार निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको हो । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरूमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल लगायत १० जना छन् ।









