रुकुम पश्चिममा
कामदार बोकेको ट्याक्टर दुर्घटना, ६ जना घाइते

काठमाडौं— कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा ६ जना घाइते भएका छन् ।
सदरमुकाम मुसीकोट खलङ्गाबाट चौरजहारी तर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । घाइते सबै चौरजहारी नगरपालिका १ मा रहेको सीटीईभीटीको भवन निर्माणमा काम गर्ने कामदारहरू हुन् ।
दुर्घटनामा ट्याक्टर चालक चौरजहारीका निर्मल थापा र पारस विष्ट, उदयपुरका कृष्ण मगर, पेशल मगर, सुशील राई र सागर राई घाइते छन् ।
घाइते सबैको अवस्था सामान्य छ । उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० १२:२२













