नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित

काठमाडौं— मलेसियामा जारी आईसीसी महिला टी२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । हारपछि नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य समेत पूरा हुन सकेन ।
थाइल्याण्डले दिएको १०६ रन लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमै अलआउट भयो । नेपालका लागि कविता कुँवर अविजित रहँदै सर्वाधिक १७ रन बनाइन् भने कविता जोशी र अप्सरी बेगमले समान १० रन जोडे ।
बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बांगीस्थितयूकेएमवाइएसडीओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० १०:५५