के विद्यालय कर्मचारीले पुनः आन्दोलन गर्न लागेका हुन् ? शुक्रबार, भदौ २२, २०८०

हेलम्बु–याङ्री–लार्के सुरुङमार्ग बनाउन प्रस्ताव शुक्रबार, भदौ २२, २०८० हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ ।
सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी शुक्रबार, भदौ २२, २०८० सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी पाउन सकेन । निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा छ । तर, यस पटक पनि सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी घोषणा गर्न सकेन । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।

आज विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइँदै शुक्रबार, भदौ २२, २०८० शुक्रबार निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि वि.सं.२०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।

आज विदेशी मुद्राको विनिमय दर कति ? शुक्रबार, भदौ २२, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

सहकारीको रकम हिनामिना पारेर फरार ढोरपाटनका मेयरलाई इन्टरपोलमार्फत खोजिँदै शुक्रबार, भदौ २२, २०८० सहकारीको रकम हिनामिना गरेर फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई इन्टरपोलमार्फत खोज्न थालिएको छ ।
मकवानपुरमा दार पकेट क्षेत्र घोषणा शुक्रबार, भदौ २२, २०८० मकवानपुरमा पहिलोपटक दार पकेट क्षेत्र घोषणा गरिएको छ । भीमफेदी गाउँपालिका–१ मा रहेको दरबारडाँडा सामुदायिक वन उपभोक्ता समूहको करिब दुई हेक्टर क्षेत्रफल जमिनमा एक हजार चार सय ५० वटा दारको बिरुवा रोप्ने लक्ष्य लिइएर पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।

आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना शुक्रबार, भदौ २२, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ ।

शुक्रबार यी राशि हुनेलाई लाभ शुक्रबार, भदौ २२, २०८० मेष स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । रोकिएका कामहरु सुचारु हुनेछन् ।

बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर घाइते, स्थानीय त्रसित बिहीबार, भदौ २१, २०८० चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ ।

मौसम : मनसुनी वर्षा कहिलेसम्म ? बिहीबार, भदौ २१, २०८० आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नक्कली नेपाली नोटसहित एक पक्राउ बिहीबार, भदौ २१, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।


1688303615.jpg)







