आज विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ ।
त्यसैगरी युरो एकको खरिद दर १४२ रुपैयाँ २६ पैसा र बिक्री दर १४२ रुपैयाँ ९१ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६१ पैसा र बिक्री दर १६६ रुपैयाँ ३६ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० ०६:३८