मौसम
आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ ।
मौसमविद् बिनु महर्जनका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
नेपालमा यस वर्ष गत जेठ ३१ गते (जुन १४ तारिख, सन् २०२३) बाट मनसुन प्रवेश गरेको थियो । आगामी असोज १५ गते (अक्टोबर २ तारिख) सम्म मनसुन जारी रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० ०६:०८