News Griha :: न्यूजगृह
निजामती सेवा ऐन चाँडो ल्याउन कर्मचारीको माग
निजामती सेवा ऐन चाँडो ल्याउन कर्मचारीको माग निजामती सेवा ऐन अहिलेसम्म नबन्दा काम गर्न समस्या भएको निजामती कर्मचारीले बताएका छन् ।
स्विट्जरल्याण्डको लागि आवासीय राजदूतमा सुवेदी नियुक्त
स्विट्जरल्याण्डको लागि आवासीय राजदूतमा सुवेदी नियुक्त यसका साथै सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वर्ल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ । 
संघीय शिक्षा विधेयक आइतबार संसदमा टेबुल हुने
संघीय शिक्षा विधेयक आइतबार संसदमा टेबुल हुने नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति, नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिसहितको एक टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीलाई भेट गरी संघीय शिक्षा ऐन तथा शिक्षक कर्मचारीका मागका विषयमा शुक्रबार चासो राखेका छन् ।
तरुण दल अध्यक्षको प्रधानामन्त्रीलाई चेतावनी— कि आफैँ हट्नुस् होइन भने गृहमन्त्रीलाई हटाउनुस्
तरुण दल अध्यक्षको प्रधानामन्त्रीलाई चेतावनी— कि आफैँ हट्नुस् होइन भने गृहमन्त्रीलाई हटाउनुस् नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कि आफैँ पद त्याग्न कि गृहमन्त्रीलाई हटाउन चेतावनी दिएका छन् ।  पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौंमा आयोजित प्रदर्शनपछिको कोण सभामा गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका...
ग्रिसमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो
ग्रिसमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो मध्य ग्रिसमा यस हप्ता आएको भीषण वर्षाका कारण जनधनको ठूलो क्षति भएको छ । यसअघि बिहीबार बिहान ग्रिसका नागरिक संरक्षण तथा जलवायु संकट मन्त्री भासिलिस किकिलियासले चार जनाको मृत्यु भएको बताएका थिए । अन्य ६ जना अझै बेपत्ता छन् ।
त्रिभुवन विमानस्थलबाट १२ केजी चरेससहित ३ जना पक्राउ
त्रिभुवन विमानस्थलबाट १२ केजी चरेससहित ३ जना पक्राउ थाइल्याण्ड लैजान लागिएको १२ किलो चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका ३ का ४५ वर्षीय विकास भनिने विरु, लमजुङको दोर्दी गाउँपालिका ५ का ३४ वर्षीय सुन्दर गुरुङ र ४७ वर्षीय औताराम गुरुङ छन् ।
महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलको प्रदर्शन [तस्बिरहरू]
महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलको प्रदर्शन [तस्बिरहरू] नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ  । प्रदर्शनपछि आयोजित कोणसभामा तरुण दलका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । तरुण दलका पूर्वअध्यक्ष समेत रहेका यादवलाई बिहीबार भृकुटीमण्डपमा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए । यादवको ट्रमा सेन्टरमा उपचार...
राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित
राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित पर्सि आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ । अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
हङकङ र दक्षिणी चीनमा १४० वर्षयताकै भारी वर्षा, सयौँ प्रभावित 
हङकङ र दक्षिणी चीनमा १४० वर्षयताकै भारी वर्षा, सयौँ प्रभावित  मौसमका कारण विगत २४ घण्टामा कम्तीमा ८३ जनालाई अस्पताल लगिएको आपतकालीन अधिकारीहरूले शुक्रबार बिहान जानकारी दिएका छन् । वर्षाका कारण पहिरो खस्दा केही सडकहरू अवरुद्ध भएका छन् ।
२४ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड अमेरिका जाँदै, कोको छन् टोलीमा?  
२४ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड अमेरिका जाँदै, कोको छन् टोलीमा?   संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका जाँदै छन् । भदौ १९ गतेदेखि सुरू भएको महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते सम्बोधन गर्नेछन् । मुख्यसचिव बैकुण्ठ अर्यालका अनुसार २४ सदस्यीय टोली अमेरिका जाने तय भएको छ। यो समूहमा प्रधानमन्त्रीको...
कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी
कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी सर्वोच्च अदालतको आदेश प्राप्त हुनासाथ नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको हो । सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
वाह्य लगानी भित्र्याउन छिट्टै लगानी सम्मेलन गर्छौँः अर्थमन्त्री महत
वाह्य लगानी भित्र्याउन छिट्टै लगानी सम्मेलन गर्छौँः अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको कार्यक्रममा उनले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानी समेत नेपालमा भित्र्याउने गरी शिखर सम्मेलन आयोजना गर्न लागिएको बताए ।
Weather Update