त्रिभुवन विमानस्थलबाट १२ केजी चरेससहित ३ जना पक्राउ

काठमाडौं— थाइल्याण्ड लैजान लागिएको १२ किलो चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका ३ का ४५ वर्षीय विकास भनिने विरु, लमजुङको दोर्दी गाउँपालिका ५ का ३४ वर्षीय सुन्दर गुरुङ र ४७ वर्षीय औताराम गुरुङ छन् ।
भदौ ५ गते पक्राउ परेका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरोको शुक्रबार सार्वजनिक गरेको हो । उनीहरूको साथबाट प्रहरीले ११ किलो ७०० ग्राम लागूऔषध चरेस बरामद भएको ब्युरोले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० १६:०९