News Griha :: न्यूजगृह
ग्रिसमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो
Photo: outlookindia

काठमाडौं—  ग्रिसको राष्ट्रिय प्रसारक इआरटीले बिहीबार दिउँसो थेसाली क्षेत्रमा दुई वृद्ध महिलाको शव फेला पारेसँगै बाढीका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

मध्य ग्रिसमा यस हप्ता आएको भीषण वर्षाका कारण जनधनको ठूलो क्षति भएको छ । यसअघि बिहीबार बिहान ग्रिसका नागरिक संरक्षण तथा जलवायु संकट मन्त्री भासिलिसकिकिलियासले चार जनाको मृत्यु भएको बताएका थिए । अन्य ६ जना अझै बेपत्ता छन् ।

बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र थेस्लीका कम्तिमा ६४ जना बाढीमा फसेका छन् । हालसम्म देशभरबाट ८३० जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १६:२७
Weather Update