News Griha :: न्यूजगृह
अमेरिका पठाइदिने भन्दै मानव बेचबिखन गिरोहका नाइके पक्राउ

काठमाडौं— अमेरिका पठाइदिने भन्दै मानव बेचबिखन गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पूर्वी रुकुम घर भई हाल अमेरिका बस्ने मृदुल भन्ने हस्त गौतमलाई पक्राउ गरेको हो ।

लोभ लालच र भ्रममा पारी अमेरिका लगिदिने भनी दुबई, थाइल्यान्ड, फिलिपिन्स, जाम्बीया, हङकङ, सिंगापुरजस्ता देशमा पुर्‍याइ पीडितहरूलाई अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिनेजस्ता आपराधिक कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि गौतमलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

गौतमले विभिन्न मितिमा पीडीतहरूसँग २ करोड रकम लिएको पनि प्रहरीले बताएको छ । प्रहरीकाे भनाइमा गौतमले अमेरिका पठाइ दिने भन्दै भिजिट भिसाको समेत चरम दुरुपयोग गरेका छन् ।गाैतममाथि जिल्ला अदालत काठमाडौंबाट ७ दिनको अनुमति लिई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:३२
Weather Update