महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलको प्रदर्शन [तस्बिरहरू]
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित कोणसभामा तरुण दलका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । तरुण दलका पूर्वअध्यक्ष समेत रहेका यादवलाई बिहीबार भृकुटीमण्डपमा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए । यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।









प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० १५:२३



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






