News Griha :: न्यूजगृह
तरुण दल अध्यक्षको प्रधानामन्त्रीलाई चेतावनी— कि आफैँ हट्नुस् होइन भने गृहमन्त्रीलाई हटाउनुस्

काठमाडौं—  नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कि आफैँ पद त्याग्न कि गृहमन्त्रीलाई हटाउन चेतावनी दिएका छन् । 

पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौंमा आयोजित प्रदर्शनपछिको कोण सभामा गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका हुन् । गृहमन्त्री नहटाउने भए आफैं हट्न उनको चेतावनी छ ।

tarun dal51694166142.jpegउनले भने,  ‘पुष्पकमल दाहालज्यू, तपाईंसँग दुई विकल्प छ । तुरुन्त गृहमन्त्रीलाई बर्खास्त गर्नुस्, या तपाईं नै हट्नुस् ।’  कांग्रेसको काँधमा बन्दुक राखेर माओवादीले अर्कै व्यवस्था ल्याउन खोजेको आशंका गरेका गुरुङले पार्टीले प्रचण्ड सरकारलाई बोकेर हिड्‌न नहुने तर्क गरे । 

उनले आफ्ना नेता माथिको आक्रमणमा सरकार कै सहभागिताको आशंका गरे । ‘

घटनाक्रमले के देखाउँछ भने हत्याराले दायाँबायाँ प्रहरीको सेक्युरिटीमा बसेर मिडियालाई अन्तरवार्ता दिने वातावरण कसले बनायो? यो आक्रमणको पछाडि अहिलेको सरकार र गृह मन्त्रालयको कुनै न कुनै योजना छ भन्ने हामीलाई शंका लागेको छ,’ गुरुङले भने, ‘अब हामी यो सरकारलाई बोकेर अघि बढ्न सक्दैनौँ । विशेष अवस्थामा माओवादीलाई सरकारको नेतृत्व दिएका थियौं । तर, माओवादी अहिले खाओवादी भएका छन् । राजावादी र माओवादी एउटै हुन् कि भन्ने हामीलाई लागिरहेको छ ।’

 

tarun dal31694166141.jpegउनले गृहमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । 

‘अब हामीमाथि हमला भएको टुलुटुलु हेर्न सक्दैन । देशैभरिका विद्यार्थी साथीहरूलाई यो संविधान र व्यवस्थाको सुरक्षा गर्न अर्को आन्दोलनका निम्ति तयार रहन आह्वान गर्छु । जबसम्म गृहमन्त्रीले राजीनामा दिनुहुन्न तबसम्म आन्दोलन जारी रहन्छ,’ गुरुङ ले भने । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १६:३९
Weather Update