News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरणमा थप एक पक्राउ

काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका शिवकुमार सफर छन् । उनी सुनचाँदी व्यवसायी संघका बाराका अध्यक्षसमेत हुन् ।  

सफरसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ । यो प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिएको छ ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०८:५५
Weather Update