महिला टी–२० विश्वकप एसिया छनोट
थाइल्यान्डले दियो नेपाललाई १०६ रनको लक्ष्य

काठमाडौं— आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत मलेसियाको बांगीमा जारी खेलमा थाइल्यान्डले नेपाललाई १०६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।
थाइल्यान्डकी नन्नपत कोन्चरोएनकाईले अर्धशतकीय पारी खेलिन् । ६३ बलको सामना गरेकी उनले ४ चौकाको मद्दतमा अविजित ५९ रन बनाइन् । नाथकन चन्थमले ३१, चनिदा सुथिरुङले अविजित ११ र सुवानन खियाओटाले दुई रन जोडे ।
नेपालका लागि कविता कुँवर र पूजा महतोले समान एक/एक विकेट लिए । खेल जिते नेपाल महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा स्थान बनाउन सफल हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० ०८:५३