क्रिकेट : ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यसहित थाईल्यान्डसॅंग भिड्दै नेपाल

काठमाडौं— आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले आज थाईल्यान्डसॅंग खेल्दैछ ।
खेल जिते नेपाल महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा स्थान बनाउन सफल हुनेछ ।
नेपाल र थाईल्यान्डबीचको सेमिफाइन शुक्रबार बिहान सुरु हुनेछ । नेपाल पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।
नेपालले पहिलो खेलमा मलेसिया, दोस्रो खेलमा बहराइन, तेस्रो खेलमा भुटान र चौथो खेलमा कतार हराएको थियो । पाँचौ खेल भने वर्षाका कारण रद्द भएको थियो ।
फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० ०७:५२