News Griha :: न्यूजगृह
पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना
पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना गरिएको हो ।  पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने चिकित्सकले बताएका छन् ।  
सैनिक कल्याणकारी कोषको रकम ७१ अर्ब पुग्यो
सैनिक कल्याणकारी कोषको रकम ७१ अर्ब पुग्यो कोषमा गत आर्थिक वर्ष १३.३४ प्रतिशत अर्थात् ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको हो । त्यस्तै कोषको यथार्थ सम्पत्ति ७७ अर्ब ६१ करोड १ लाख रुपैयाँ पुगेको छ । त्यसमध्ये ६ अर्ब ५५ करोड ४० लाख रुपैयाँ कोषले विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
द्रुतमार्गको २६ प्रतिशत काम सम्पन्न
द्रुतमार्गको २६ प्रतिशत काम सम्पन्न जंगी अड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले आर्थिक वर्ष २०८०/८१ को श्रावण मसान्तसम्म द्रुतमार्ग निर्माणको प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जानकारी दिएको हो । आयोजनाको करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको जनाएको सेनाले खोकना इलाकामा द्रुतमार्गको शुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय...
 ‘गुड फ्राइडे’ प्रकरण : एसएसपी पालले यौनहिंसा गरेको समितिको ठहर, बर्खास्त गर्न प्रस्ताव
 ‘गुड फ्राइडे’ प्रकरण : एसएसपी पालले यौनहिंसा गरेको समितिको ठहर, बर्खास्त गर्न प्रस्ताव छानबिन समितिले प्रहरी आचारसंहिता तथा प्रहरी नियमावली विपरीतको काम गरेको, महिला सहकर्मीलाई यौनहिंसा गरेको पुष्टि भएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकर्मी महिला प्रहरीमाथि कार्यकक्ष मै यौनहिंसा गरेको पुष्टि भएपछि बर्खास्तसम्मको प्रस्ताव गर्दै प्रतिवेदन पेस गरिएको समिति स्रोतले जानकारी दियो । 
सकियो १८ औं जी-२० शिखर सम्मेलन
सकियो १८ औं जी-२० शिखर सम्मेलन अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी-२० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आइतबार सम्पन्न भएको छ । जी-२० का को अध्यक्ष देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मण्डपमा आयोजित समापन समारोहमा समूहको १८ औं शिखर सम्मेलन समाप्त भएको घोषणा गर्दै नयाँदिल्ली बैठकको समीक्षा आगामी नोभेम्बरको अन्त्यतिर श्रव्यदृश्य (भर्चुअल) समीक्षा बैठक...
दुई करोड ४६ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ
दुई करोड ४६ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ जिल्ला अदालत काठमाडौंले तोकेको धरौटी बुझाएपछि उनी आइतबार साँझ रिहा भएका हुन् । उनलाई जिल्ला अदालत काठमाडौंले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।ललिता निवास प्रकरणमा पक्राउ परेका उनी ७५ दिन हिरासतमा बसे । 
प्रहरीले दुःख दिएको भन्दै सेवा ठप्प पार्ने विमानस्थल भन्सार कर्मचारीको चेतावनी, गरे आन्दोलनको घोषणा
प्रहरीले दुःख दिएको भन्दै सेवा ठप्प पार्ने विमानस्थल भन्सार कर्मचारीको चेतावनी, गरे आन्दोलनको घोषणा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू आन्दोलित भएका छन् ।नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरूले आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका छन् ।भोलि र पर्सि कार्यालयको कार्गो जाँचपास शाखा मार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य पूर्णरुपमा...
प्रहरीमाथि आक्रमण गरि हतियार लुट्ने गिरोह पक्राउ 
प्रहरीमाथि आक्रमण गरि हतियार लुट्ने गिरोह पक्राउ  जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत ड्युटीमा खटिएका सादा पोशाकमा प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई  शुक्रबार राति यो समूहले आक्रमण गरी उनीहरूको साथमा भएको हतियार लुटेर लगेको थियो । अनुसन्धानका क्रममा लुटपाट भएको पेस्तोलसहित गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रधानमन्त्रीको आग्रह
जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गरेका छन् । समाजवादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देश सभालाई आइतबार हेटौँडामा सम्बोधन गर्दै प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरे ।
दलहरूबीच सहकार्य र एकता आवश्यक : राप्रपा अध्यक्ष लिङ्देन 
दलहरूबीच सहकार्य र एकता आवश्यक : राप्रपा अध्यक्ष लिङ्देन  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक दलबीच एकता आवश्यक भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा उनले नेपालको स्थायित्वको लागि राजनीति शक्तिहरू सबैको बीचमा एकता, सहकार्यको आवश्यक भएको बताए । 
ओलीको माओवादी लक्षित टिप्पणी : सहकारीबाट क्विन्टलका क्विन्टल सुन ल्याए जस्तो फाइदा हुँदैन  
ओलीको माओवादी लक्षित टिप्पणी : सहकारीबाट क्विन्टलका क्विन्टल सुन ल्याए जस्तो फाइदा हुँदैन   नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण देशमा व्यवसायी समस्या देखिएको आरोप लगाएका छन् ।सहकारीकर्मीसँग केपी ओली विषयक अन्तरक्रियामा उनले गठबन्धन सरकार आएपछि विकास निर्माणका काम रोकिएको, बेरोजगारी बढेको र मूल्यवृद्धि भएको आरोप लगाएका हुन् ।    ‘गठबन्धन सरकार आउँदा उद्योगहरूमाथि चट्याङ्ग परेको जस्तो भयो,’  ओलीले भने ।...
ललिता निवास प्रकरणमा कसलाई कति धरौटी?
ललिता निवास प्रकरणमा कसलाई कति धरौटी? ललिता निवास प्रकरणमा जिल्ला अदालत काठमाडौंले केशव तुलाधरबाहेक १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।तुलाधरलाई भने साधारण तारेख रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ ।न्यायाधीश भोलानाथ...
Weather Update