हाथवे इन्भेष्टमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन सोमबार, भदौ २५, २०८०

सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट ४ जना पक्राउ सोमबार, भदौ २५, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट दुई थान र बेरुवा औँठी एक थान गरी जम्मा ८५ ग्रामसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रधानमन्त्रीले किन बोलाए श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई ? सोमबार, भदौ २५, २०८० नेपाली श्रमिक कार्यरत प्रमुख गन्तव्य मुलुकमा खटिएका १३ नेपाली राजदूत र नियोगका प्रतिनिधि काठमाडौं आइपुगेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि उनीहरु काठमाडौं आइपुगेका हुन् । श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने उद्देश्यले छलफल गर्न प्रधानमन्त्री प्रचण्डले राजदूत र नियोगका प्रतिनिधिहरूलाई काठमाडौं बोलाएका हुन् ।

कुन राशि हुनेहरूलाई कस्तो लाभ ? सोमबार, भदौ २५, २०८० वृष : नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ ।

ललिता निवास प्रकरणमा सरकारले नै तुहायो ‘सङ्गठित अपराध’ सोमबार, भदौ २५, २०८० ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा मुद्दा चलाइएका मध्ये १७ जनालाई धरौटीमा र एकजनालाई सामान्य तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतबाट आइतबार आदेश भएको छ । सर्वोच्च अदालतले यस प्रकरणमा पिरामिड शैलीमा अनुसन्धान गर्न आदेश गरेपछि पनि किर्तेमा दर्ता भएको चर्चित मुद्दामा थुनछेक बहसपछि अदालतबाट अभियुक्तलाई धरौटी र सामान्य तारेखमा...

यूएस ओपन टेनिसको उपाधि जोकोभिचले जिते सोमबार, भदौ २५, २०८० यूएस ओपन टेनिस पुरुषतर्फको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । रुसी खेलाडी ड्यानियल मेदभेदेभलाई ६–३ ७–६ ९५०, ६–३ को जित निकाल्दै ३६ वर्षीय जोकोभिचले सर्वाधिक २४ ग्रान्डस्लाम जित्ने मार्गरेट कोर्टको कीर्तिमान बराबरी गरेका छन् । सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमान कोर्टको नाममा थियो ।

चलचित्र ‘एक भगवत् गीता’ को विवाद मिल्यो, के भयो सहमति? सोमबार, भदौ २५, २०८० आइतबार चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दु महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दु युवा सङ्घ, जगतगुरु आश्रम लगायत १३ संस्था आबद्ध हिन्दु जागरण नेपालले नयाँ नाम ‘एक भगवत् र एक गीता (सामाजिक कथा) नाममा चलचित्र प्रदर्शन गर्दा आपत्ति नरहेको जनाएको छ ।

कस्तो रहला आजको मौसम? सोमबार, भदौ २५, २०८० जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

वर्षाले प्रभावित भारत-पाकिस्तानबीचको बाँकी खेल आज सोमबार, भदौ २५, २०८० एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको खेल आइतबार वर्षाले प्रभावित भयो । जसका कारण खेल रिजर्भ डे सम्मका लागि स्थगित गरियो । श्रीलङ्काको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल स्थगित गरिएको हो ।

जानिराख्नुस् तिल खाँदा हुने फाइदाहरू सोमबार, भदौ २५, २०८० तिलमा पाइने पुष्टिकारक तत्त्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ ।तिलमा लेसिथिन तत्त्व पाइन्छ । यो दिमाग र आँखाका लागि लाभदायक हुन्छ । तिलमा पाइने सेसामोल नामक तत्त्वले डीएनएलाई परावैजनी किरणजन्य हानीबाट जोगाउँछ । यतिमात्र होइन तिलका गेडामा फाइबर हुन्छन् जसले पाचन प्रणालीलाई स्वस्थ बनाउन मद्दत गर्छन् ।

लापरबाही : स्वास्थ्य निर्देशनालयसँग छैन डेँगुबाट मृत्यु भएकाको तथ्याङ्क आइतबार, भदौ २४, २०८० पछिल्लो महिनामा प्रदेशमा डेँगुबाट पीडित तीन व्यक्तिको मृत्यु भइसकेको पुष्टि हुँदासम्म निर्देशनालयले अहिलेसम्म यो रोगबाट कसैको मृत्यु भएको जानकारी नआएको तथ्याङ्कमा उल्लेख गर्ने गरेको छ । निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले भने सम्बन्धित स्वास्थ्यका निकाय तथा अस्पतालले समयमै तथ्याङ्क उपलब्ध नगराउँदा डेँगुबाट मृत्यु हुनेको तथ्याङ्क समेट्न नसकिएको जिकिर गरे...

नेपालमा भारतीय सवारीसाधन सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न माग आइतबार, भदौ २४, २०८० नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भारतीय मालवाहक र यात्रुवाहक सवारी साधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता तत्काल खारेज गर्न माग गरेको छ । महासङ्घको शुक्रबार र शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको आइतबार निर्णय सार्वजनिक गर्दै भारतीय मालवाहक र यात्रुवाहक सवारीसाधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान...

कैदीबन्दी हत्या प्रकरण : अदालतमा १५ आरोपितको बयान सुरु आइतबार, भदौ २४, २०८० हत्या प्रकरणमा जोडिएका १५ जना आरोपितसँग आइतबारबाट बयान लिन सुरु भएको हो । हत्यामा संलग्न भएको अभियोगमा ७ प्रहरी र ८ जना कैदीबन्दी विरुद्ध जिल्ला अदालत सङ्खुवासभामा शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो । जिल्ला न्यायाधीश टेकनाथ गौतमको इजलासमा कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको भएको स्रेस्तेदार रामचन्द्र...









