News Griha :: न्यूजगृह
वर्षाले प्रभावित भारत-पाकिस्तानबीचको बाँकी खेल आज
Photo: hindustantimes

काठमाडौं— एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको खेल आइतबार वर्षाले प्रभावित भयो । जसका कारण खेल रिजर्भ डे सम्मका लागि स्थगित गरियो । 

श्रीलङ्काको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल स्थगित गरिएको हो । 

भारतका लागि केएल राहुल १७ रन र विराट कोहली ८ रन बनाएर खेलिरहेका छन्। त्यसअघि ओपनरद्वय रोहित शर्मा ५६ रन र शुभमनगिल ५८ रन बनाएर आउट भए। उनीहरूबीच पहिलो विकेटका लागि १२१ रनको साझेदारी भएको थियो। बाँकी खेल आज हुनेछ । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०६:१२
Weather Update